थाहा नगरपालिका सामाजिक विकास शाखाबाट स्थानीय महिला सहकारीहरुलाई चालु कोष हस्तान्तरण । साना उद्यमीलाई सहकारी मार्फत प्रोत्साहन गर्नका लागि कम व्याजमा ऋण प्रवाह गर्न कोषको बिऊ पुँजी हस्तान्तरण गरिउको हो ।
मकवानपुर थाहा नगरपालिका कार्यालयमा शुभकामना आर्दान प्रदान कार्यक्रम भएको छ ।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको अध्यक्ष्तामा शुभकामना आर्दान प्रदान कार्यक्रम भएको हो । कार्यक्रममा कर्मचारीहरुबीच एक आपसमा शुभकामना आर्दान प्रदान गरेका थिए ।
थाहा नगरपालिका वडा नम्बर १० मा कार्यरत वडा सचिव सरिता वि.सीलाई एक समारोहकाबीच विदाई गरिएको छ ।
कर्मचारी समायोजन मार्फत बाँसगढी नगरपालिका बर्दियामा समायोजन हुनु भएकी बिसीलाई नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको हो ।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको अध्यक्षतामा विदाई कार्यक्रम भएको हो ।
थाहा नगरपालिका वडा नं। ११ र १२ का वडा सचिव सुदीप कुमार कडेललाई थाहा नगरपालिकाले विदाई गरेको छ । मकवानपुर भिमफेदी गाउँपालिकामा समायोजन हुनु भएका सचिव कडेललाई थाहा नगरपालिकाले १५ साउनमा एक समारोहकाबीच विदाई गरिएको हो । विदाई कार्यक्रम नगरपालिकाका उपमेयर खड्ग गोपालीको अध्यक्षताअमा भएको थियो । कार्यक्रममा सरुवा भएका कडेललाई शुभकामना दिएका थिए ।
थाहा नगरपालिकाको महिला विकास शाखा प्रमुख महिला विकास निरीक्षक शशीकला सम्बाहाम्फेको विदाई गरिएको छ ।
१० महिनादेखि थाहा नगरपालिकामा सेवारत सम्बाहाम्फे महालक्ष्मी नगरपालिका दललितपुरमा समायोजन भई जानुभएको हो ।
यसैबीच थाहा नगरपालिकामा सहायक महिला विकास निरीक्षक प्रतिमा मोक्तानलाई नगरपालिकाले स्वागत गरेको छ । नगरपालिकामा एक समारोहको आयोजना गरी ३१ साउनमा विदाइ तथा स्वागत गरिएको हो ।