FAQs Complain Problems

Flash News

वार्ड ६

पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं ६ साबिक बज्रबाराही गाउँ विकास समितिका वडा नं १ देखि ५ सम्मका वडाहरु मिलेर बनेको छ  । यहाँको जनसंख्या ५२७९ रहेको छ । जस अन्तर्गत महिला २५७७ पुरुष २७०२ छन् । यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु चिल्ड्रेन पार्क, बाराही मन्दिर, अंशुवर्माको शिलालेख, कोतडाँडा, मनकामना डाँडा रहेका छन् । यो वडामा क्षेत्री, ब्राह्मण, नेवार, तामाङ्ग, मगर, दमाई, कामी, सार्की, ठकुरी, गुरुङ्ग जातीहरुको बसोबास रहेको छ । नेवार जातिको बाहुल्यता रहेको छ । यस वडाबासीको मुख्य आय स्रोत कृषि रहेको छ । यस वडामा सामुदायिक विद्यालयमध्ये प्रावि ३ वटा, निमावि १ वटा, मावि १ उच्च मावि १ वटा र क्याम्पस.... वटा रहेका छन् । 
यस वडाको मुख्य मन्दिरहरु गणेश मन्दिर, बज्रबाराही मन्दिर, पशुपति मन्दिर, भिमसेन मन्दिर, नन्दिकेश्वर मन्दिर, उन्मत्तेश्वर मन्दिर, गउखुरेश्वर मन्दिर, मनकामना मन्दिर, कृष्ण मन्दिर, नारायण मन्दिर, नासल मन्दिर रहेका छन् । यस वडामा ठूला होटल १ रहेका छन् । यस वडामा ९ वटा सहकारीहरु रहेका छन् । यस वडामा स्वास्थ्य चौकी १ वटा रहेका छन् । 
यस वडाको वडास्तरीय सडक सरस्वती बजार वगर बुढिचौर सडक हो भने सहायक सडकहरुमा  सरस्वती बजार भट्ट डाँडा सडक, पापुङ रातोपाटी सडक, लिलाखेल बाल बिकास केन्द्र, सरस्वती बजार वडा कार्यालय सडक, पाल्चोक कटुञ्जे मनकामना सडक, बाराही चौर ढल्ट देउराली सडक, ढल्ट कार्किछाप सडक, पाल्चोक भटुवाल सडक, गणेशथान ऐलाख सडक, पुजारी टोल सडक, वगर चैनपुर सडक, डुडे चैनपुर सडक, गणेशथान थहचोक कोतडाँडा सडक, ढोक्चा तसर सडक   पर्दछन् ।  यस वडा त्रिभुवन राजपथबाट ४ कि.मि. टाढा रहेको छ । 
 

Population: 
५२७९
Ward Contact Number: 
९८४५२९५६०३
Weight: 
6

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: