FAQs Complain Problems

Flash News

वार्ड ४

पर्यटकीय नगर थाहा नगरपालिका वडा नं ४ साबिक दामन गा वि स को वडाहरु ५ ६ र ७ मिलेर बनेको छ । यस वडाको मूख्य पर्यटकीय क्षेत्रहरु दामन सिमभञ्ज्याङ र ऋषेश्वर मन्दिर हुन् । यो वडामा ब्राहम्मण,क्षेत्री,जनजातिहरुमा क्रमश ः तामाङ, गुरुङ,मगर,भुजेल,घले,नेवार र दलितहरुमा क्रमश ः विश्वकर्मा, परियार जस्ता जातिहरुको बसोबास रहेको छ । क्षेत्री,तामाङ,बाहुन,जस्ता जातिहरुको बहुल्यता रहेको छ ।यस वडा बासीहरुको मूख्य आय स्रोत कृषि रहेको छ । यस वडा समुन्द्री सतहको १७२५ मि. देखि २४८८ मि. सम्मको उचाईमा रहेको छ ।यस वडामा  सामुदायिक विद्यालय मध्ये प्रा.वि.३ वटा मात्र रहेका छन ।
यस वडाको मूख्य मन्दिरहरुमा ऋषेश्वर मन्दिर रहेका  छन् । यस वडामा कृषक समुहहरु ६ रहेका छन् । यस वडाको ठूला होटल एभरेष्ट पानोरोमा हो र अन्य १८ वटा साना होटलहरु रहेका छन् । यस वडामा २ वटा सहकारीहरु रहेका छन् ।यस वडामा स्वास्थ्य केन्द्र १ वटा,शहरी स्वास्थ्य केन्द्र १ वटा र खोप केन्द्र २ वटा रहेका छन् ।
यस वडाको वडा स्तरीय सडकहरु चौकी किटिनी रुप्से हो भने सहायक सडकहरुमा १.गोलमोड फापरबारी देउराली सडक २. बालुवाचौर ठूलो मार्खु खोलाघारी सडक ३. बालुवा चौर जुरेथुम सडक ४. सिमभञ्ज्याङ नारायण झयाउ सडक ५. नयाँ गाउँ जैविक सडक ६. पुलको मुख घले डाडाँ सडक ७.काली देवि सडक ८. स्वास्थ्य चौकी सडक ९.रुप्से लो टोल सडक १०. रुप्से थिङ टोल सडक हुन् । त्रिभुवन राजपथको करिब १३ कि.लो.मिटर सडक यसै वडामा पर्दछन् ।
 

Population: 
२८६५
Ward Contact Number: 
९८४५८१६२४१
Weight: 
4

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: