FAQs Complain Problems

Flash News

वार्ड २

पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. २ साबिक पालुङ गाउँ विकास समिति वडाहरु ३,४,५,६,७,८ र ९ मिलेर बनेको छ । यहाँको जनसंख्या ४५२९ रहेको छ । जस अन्तर्गत महिला २२६६ पुरुष २२७१ छन् । यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु कोटथुम्की, पाण्डुकेश्वर, पाथिभारा, कुइभिरडाँडा र पालुङ रहेका छन् । यो वडामा तामाङ, नेवार, क्षेत्री, बाहुन, पोडे, दमाई, गुरुङ र मगर जातीहरुको बसोबास रहेको छ । तामाङ जातिको बाहुल्यता रहेको छ । यस वडाबासीको मुख्य आय स्रोत कृषि रहेको छ । यस वडा १७०० देखि २५०० मीटरको उचाइसम्म फैलिएको छ । यस वडामा सामुदायिक विद्यालयमध्ये प्रावि १ वटा, निमावि २ वटा, मावि १ वटा रहेका छन् । यस वडाको मुख्य मन्दिरहरु पाण्डुकेश्वर, नारायणथान, पाथिभरा, पातालेश्वर, गणेशथान र ईन्द्रयणी रहेका छन् । यस वडामा कृषक समूहहरु ७ वटा रहेका छन् । यस वडामा होमस्टेहरु २ वटा रहेका छन् । यस वडामा ४ वटा सहकारीहरु रहेका छन् । यस वडामा स्वास्थ्य केन्द्र १ वटा, स्वास्थ्य चौकी १ वटा र खोप केन्द्रहरु ३ वटा रहेका छन् । यस वडाको वडास्तरीय सडक १ हो भने सहायक सडकहरुमा पालुङ आग्रा सडक, लोप्से सडक, भाङखोरिया सडक र कोलाचौर सडक पर्दछन् । यस वडा त्रिभुवन राजपथबाट १.५ कि.मि. टाढा रहेको छ ।

Population: 
४५२९
Ward Contact Number: 
९८४५२९४६३९
जनप्रतिनिधीहरुकाे विवरण
कर्मचारीहरुकाे विवरण
Weight: 
2

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: