FAQs Complain Problems

Flash News

आर्थिक वर्ष २०७४/०७५ का लागि सूचीदर्ता गर्ने सम्बन्धी सूचना

थाहा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
इन्दायणी चौर , मकवापनुर
सूचीदर्ता गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०७४-०५-०७

यस थाहा नगरपालिकाको आ.व. २०७४/०७५ को लागि आवश्यक पर्ने तपसिल बमोजिमका कार्यहरु गर्न इच्छुक व्यक्ति, फर्म, सेवाप्रदायक र सामान आपूर्तीकर्ताको छुट्टा छुट्टै मौजुदा सूची तयार गर्ने प्रयोजनको लागि सम्बन्धित कार्य गर्न पाउने इजाजतपत्र, स्थायी लेखा नम्बर, मूल्यअभिवृद्धि कर दर्ता प्रमाणपत्र र आ.व.२०७३/०७४ को कर चुक्ता प्रमाणपत्र प्राप्त इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कालो सूचीमा नपरेको स्वघोषणापत्र सहित प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपीहरु त्था निवेदनमा रु.१०।– को टिकट टाँसी कार्यालय समय भित्र यस कार्यालयमा निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
कामको विवरण

१.खरिद तथा आपूर्तितर्फ
(क) स्टेशनरी तथा कार्यालय सञ्चालन सम्बन्धी विविध मसलन्द सामानहरु ।
(ख) छपाई सम्बन्धी कार्य ।
(ग) फर्निचर तथा फर्निसिङ्गका सामानहरु आपूर्तिसम्बन्धी कार्य ।
(घ) गुणस्तर प्रमाण चिन्हप्राप्त खानेपानी आपूर्ति सम्बन्धी कार्य ।
(ङ) पत्रपत्रिका आपूर्ति सम्बन्धी कार्य ।
(च) विद्युतीय सामग्री, कम्प्युटर, कम्प्युटर नेटवर्किङ, फ्याक्स, प्रिन्टर, टोनर कार्टिज यु.पि.एस., ए.सि, इन्भर्टर, जेनेरेटर, सोलार, टेलिफोन आदि विद्युतीय सामग्री जडान वायरिङ्ग मर्मत तथा आपूर्ती सम्बन्धी कार्य ।
(छ) फायर फाइटिङ्ग जडान तथा आपूर्ति कार्य ।
(ज) इन्टरनेट, इन्ट्रानेट तथा इन्टरनेट सम्बन्धी कार्य ।

२. मर्मतसंभार तर्फ
(क) इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामानहरुको मर्मत संभार सम्बन्धी कार्य ।
(ख) फर्निचिर तथा फर्निसिङ्गका सामानहरु मर्मत संभार ।

३ परामर्श सेवा तथा अन्य सेवातर्फ
(क) विज्ञापन प्रकाशन गर्ने कार्य ।
(ख) श्रव्यदृश्य कार्यक्रम/डकुमेन्ट्री तयार तथा प्रसारण गर्ने कार्य ।
(ग) कुरियर सेवा
(घ) ट्राभल एजेन्सीहरु (हवाई टिकटको लागि)

१) Annual Hardware Maintenance, Software Customization Maintenance
२) Computer software निर्माण
३) Computer Networking
४) विभिन्न किसिमका परामर्श सेवाहरू तथा ईन्जिनियरिङ सेवा
६) अध्ययन÷अनुसन्धान सेवा, पर्यटन सम्वन्धि परामर्श सेवा
७) तालिम तथा प्रवद्र्धनात्मककार्यहरू
८) क्याटरिङ सर्भिस

९) विविध सेवा
४ गैरसरकारी संस्थाले प्रवाह गर्ने सेवा
१) जनेचतना अभिवृद्धि/क्षमता अभिवृद्धि
२) अभिमुखीकरण, सबलीकरण र मूलप्रवाहीकरण
३) वन वातावरण र संरक्षण प्रवद्र्धनात्मक कार्यहरू
४) जनसहभागिता प्रवद्र्धन गरी स्थानीय स्तरमा निर्माण सम्बन्धी कार्य
५. स्वास्थ्य सम्बन्धी सेवा:
१) औषधि तथा मेडिकल औजार खरिद ।
२) सेवा तथा परामर्श
६. कृषि सम्बन्धी सेवा:
१. विउविजन तथा कृषि औजार
२. सिंचाइ सामाग्री
७. पशु विकास सम्बन्धी सेवाः
१. भ्याक्सिन तथा औषधीहरु
२. पशु स्वास्थय उपचार सम्बन्धी औजारहरु
८. शिक्षा सम्बन्धीः
२. सेवा तथा परामर्श र शैक्षिक सामाग्रीहरु

शर्तहरु:
(क) सूचिकृत भएका फर्म वा कम्पनीहरुले सन्तोषजनक सेवा तथा सामान आपूर्ति नगरेको खण्डमा सूचिबाट हटाउने र यस उपर कुनै दावी विरोध गर्न पाइने छैन ।
(क) कम्पनी, फर्म वा संस्था सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहने छ ।
(ग) सूचनामा तोकिएको कागजात नपुग भएका व्यक्ति, फर्म, सेवाप्रदायक र सामान आपूर्तीकर्ता सूचीकृत गरिने छैन ।

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: