FAQs Complain Problems

Flash News

वार्ड १२

पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. १२  साबिक टिष्टुङ गाउँ विकास समिति वडाहरु ४,६,७, ८ र ९ मिलेर बनेको छ  । यहाँको जनसंख्या ३८८८ रहेको छ । जस अन्तर्गत महिला १९६३ पुरुष १९२५ छन् ।

यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु थाम भञ्ज्याङ्ग, पोखरी चौर, मनकामना, मुलाबारी चौर  रहेका छन् । यो वडामा तामाङ, मगर, कामी, दमाई, गुरुङ जातीहरुको बसोबास रहेको छ । यस वडामा तामाङ जातिको बाहुल्यता रहेको छ । यस वडाबासीको मुख्य आय स्रोत कृषि रहेको छ । यस वडा ११०० देखि २२०० मीटरको उचाइसम्म फैलिएको छ । यस वडामा सामुदायिक विद्यालयमध्ये प्रावि ६ वटा रहेका छन् । 
यस वडाको मुख्य मन्दिरहरु कालीदेवी मन्दिर, मनकामना मन्दिर, सेतीदेवी मन्दिर, गुरुङगाऊं मन्दिर रहेका छन् । यस वडामा कृषक समूहहरु १० वटा र कृषि फार्महरु ५ वटा रहेका छन् । यस वडामा १ वटा सहकारीहरु रहेका छन् । यस वडामा खोप केन्द्रहरु २ वटा रहेका छन् । 
यस वडाको वडास्तरीय सडक नागदह आधामारा सडक हो भने सहायक सडकहरुमा नौखण्डे लिती जगडांडा सडक, सलामपुर सडक, गैरीगाऊ सडक, तारुका लिती सडक, बसन्त गुरुङगाऊ सडक, दोभान घलेगाऊ सडक, झाप्र मानेडाडा सडक, झाप्रे घट्टेखोला सडक, मेत्राङ धुसेनी सडक, ब्लेटोल सडक, कुन्डली सडक, नागदह आधामारा सडक  पर्दछन् ।  यस वडा त्रिभुवन राजपथबाट ० कि.मि. टाढा रहेको छ । 
 

Population: 
३८८८
Ward Contact Number: 
९८५५०६९९३८
१२ नम्बर वडाको कर्मचारी तथा जनप्रतीनिधीको विवरण 2079/80
Weight: 
12

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: