Flash News

भूकम्पपीडितहरुका लागि अनुदान सम्झौता सम्बन्धी सूचना !

२०७२ वैशाख १२ र २९ गतेको विनासकारी भूकम्प र त्यसका पराकम्पनबाट घरबास क्षति भई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रकाशन गरेको अनुदान पाउने छनौट सूचीमा नाम परेका भूकम्पपीडित घरधनीहरुलाई पुनःनिर्माणको लागि थाहा नगरपालिकाले यहि २०७३ साउन २१ शुक्रबारबाट अनुदान सम्झौता कार्य संचालन गर्ने भएकोले सम्बन्धीत संयूक्त वडा सेवा केन्द्रहरुमा गई सम्झौताको गर्नुुहुन हार्दिक अनुरोध गरिन्छ ।
आवश्यक कागजातहरुः
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी १ थान
- जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी १ थान
- सर्वेक्षण निस्सा
- पासपोर्ट साइजको फोटो पाँच वटा
- प्रतिनीधिकोहकमा अधिकार प्रत्योजनको कागजात

थाहा नगरपालिकाको कार्यालय,
शिखरकोट मकवानपुर