Flash News

वार्ड २

पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. २  साबिक पालुङ गाउँ विकास समिति वडाहरु ३,४,५,६,७,८ र ९ मिलेर बनेको छ  । यहाँको जनसंख्या ४०२५ रहेको छ । जस अन्तर्गत महिला २१६५ पुरुष १८६० छन् । यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु कोटथुम्की, पाण्डुकेश्वर, पाथिभारा, कुइभिरडाँडा र पालुङ रहेका छन् । यो वडामा तामाङ, नेवार, क्षेत्री, बाहुन, पोडे, दमाई, गुरुङ र मगर जातीहरुको बसोबास रहेको छ । तामाङ जातिको बाहुल्यता रहेको छ । यस वडाबासीको मुख्य आय स्रोत कृषि रहेको छ । यस वडा १७०० देखि २५०० मीटरको उचाइसम्म फैलिएको छ । यस वडामा सामुदायिक विद्यालयमध्ये प्रावि १ वटा, निमावि २ वटा, मावि १ वटा रहेका छन् । 
यस वडाको मुख्य मन्दिरहरु पाण्डुकेश्वर, नारायणथान, पाथिभरा, पातालेश्वर, गणेशथान र ईन्द्रयणी  रहेका छन् । यस वडामा कृषक समूहहरु ७ वटा रहेका छन् । यस वडामा होमस्टेहरु २ वटा रहेका छन् । यस वडामा ४ वटा सहकारीहरु रहेका छन् । यस वडामा स्वास्थ्य केन्द्र १ वटा, स्वास्थ्य चौकी १ वटा र खोप केन्द्रहरु ३ वटा रहेका छन् । 
यस वडाको वडास्तरीय सडक १  हो भने सहायक सडकहरुमा पालुङ आग्रा सडक, लोप्से सडक, भाङखोरिया सडक र कोलाचौर सडक पर्दछन् ।  यस वडा त्रिभुवन राजपथबाट १.५ कि.मि. टाढा रहेको छ । 
 

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.