Error message

  • Warning: require_once(): Unable to allocate memory for pool. in _drupal_bootstrap_configuration() (line 2637 of /var/www/html/includes/bootstrap.inc).
  • Warning: require_once(): Unable to allocate memory for pool. in _drupal_bootstrap_page_cache() (line 2649 of /var/www/html/includes/bootstrap.inc).
  • Warning: require_once(): Unable to allocate memory for pool. in _drupal_bootstrap_database() (line 2739 of /var/www/html/includes/bootstrap.inc).
  • Warning: require_once(): Unable to allocate memory for pool. in _drupal_bootstrap_variables() (line 2759 of /var/www/html/includes/bootstrap.inc).
  • Warning: require_once(): Unable to allocate memory for pool. in Database::openConnection() (line 1744 of /var/www/html/includes/database/database.inc).

Flash News

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तसंग सूचनाको हक सम्बन्धी छलफल

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले थाहा नगरपालिकालाई सूचनाको हक पूर्ण कार्यान्वयनको नमुना नगरपालिका बनाउन सहकार्य गर्ने बताउनुभएको छ । थाहा नगरपालिकामा असार १६ गते नगरपालिकाका कर्मचारीहरुसंग अन्तरक्रिया गर्दै उहाँले यस्तो बताउनु भएको हो । थाहानगरलाई साँच्चै थाहा अर्थात सूचनाको अधिकार दिलाउने नगरपालिकाको रुपमा अघि बढाउन राष्ट्रिय सूचना आयोगको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नगरपालिकाले नागरिक समक्ष पु¥याउने सूचनालाई थाहा बुलेटिन, थाहा पत्रिका, थाहा वाचनालय लगायतको संरचना खडा गर्न पनि आयोग सहयोग गर्न तयार रहेको बताउनुभयो । नगरपालिकाको नाम पनि थाहा र सूचनाको हकको तारतम्य रहेकोले मुलुककै २१७ मध्ये नमुना बन्नु पर्नेमा जोड दिनुभयो । नागरिकको सूचनाको लागि वकालत गर्नुहुने दिवंगत रुपचन्द्र विष्टको थाहा अभियानलाई सार्थकता दिन राष्ट्र व्यापी थाहा अभियान संचालन गर्नुपर्ने बताउनुभयो ।
थाहा नगरपालिकाले नगरपालिकाले सूचनाको हकलाई कार्यान्वयन गर्दै मासिक रुपमा नगरले सम्पन्न गरेका कार्यहरुको सूचना तथा विवरण वेभसाइट र सूचना पार्टीमा सार्वजनिक गर्ने कार्य प्रारम्भ भएको छ ।